SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

कुटपिट र निलम्बनको विरोधमा आन्दोलनमा उत्रिए चिकित्सक

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा शनिबार भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा यहाँका सरकारी तथा निजी अस्पतालमा सम्पूर्ण उपचार सेवा ठप्प पारेर चिकित्सकहरू अड्तालमा उत्रिएका छन् । शनिबार बिहान सिकिस्त अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएका  वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो ।