SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा

काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको अक्सनमा राजेन्द्र धामी अन्नपूर्ण स्पाइकर्स किंग्समा अनुबन्ध भएका छन् । आइतबार भएको अक्सनबाट छानिने उनी पहिलो खेलाडी बने ।उनलाई सगरमाथा स्म्यासर्स बाहेक ५ टिमले क्याटगोरी ‘ए’ को अधिकतम बोली १ लाख २० हजारसम्म बोली लगाएका थिए । उनलाई लक्की ड्रबाट अन्नपूर्ण स्पाइकर्स किंग्सले जितेको हो । उनी अहिले राष्ट्रिय टोलीबाट काभा पुरुष भलिबल च्याम्पियनसिप खेलिरहेका छन् ।