लुम्बिनी कांग्रेसका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
काठमाण्डु– लुम्बिनी प्रदेश सरकारका कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । सरोज थापा, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने, जन्मजय तिमिल्सेना र देवकरण कलवारले राजीनामा दिएका हुन् । आइतबार सरकारमा सहभागी ५ जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका हुन् । लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन्।
