डा. गोविन्द केसीको मुख्य माग सम्बोधन गर्न हच्कियो सरकारी वार्ता टोली
धनगढी– अनसनरत डा. गोविन्द केसीको मागअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई जिम्मेवारीबाट हटाउने विषयमा सरकारी वार्ता टोलीले असमर्थता जनाएको छ । सरकारी वार्ताटोली र केसीका प्रतिनिधिबीच सेती प्रादेशिक अस्पतालमा जारी वार्तामा दुई पक्षबीच पदाधिकारी हटाउने विषयमा कुरा नमिलेको हो ।
