SHARE
मकालु खबर · आइबार​ १० साउन २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ । तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो ।