SHARE
काठमाण्डुपाटी · सोमबार ११ साउन २०८३ ०५:०० AM · 1 मिनेट पढाइ

सुनसरी घटना : देवानगञ्जमा दुई दिन शोक बिदा

काठमाण्डु – सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार शोक बिदा दिने निर्णय भएको जानकारी दिए । देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी