ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गर्छौ : मन्त्री लम्साल
काठमाण्डु– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताएका छन् । सोमबार सुरुङमार्ग उदघाटन पछि बोल्दै लम्सालले हराएको उक्त शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।
