सुनसरीको कप्तानगञ्जमा पुग्याे हतियारसहित सेनाको टोली
काठमाण्डु– सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा एक जनाको मृत्यु पछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लघंन गर्दै स्थानीयले प्रदर्शन गरेको छ । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जसमा प्रहरीको गोली लागेर १० जना घाइते छन् ।
