नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन
काठमाण्डु– नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन भएको छ। सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ ।
