धनगढीमा आत्मदाह प्रयास गरेका युवकको मृत्यु
काठमाण्डु – धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आत्मदाह प्रयास गरेका धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरीको उपचार लागि काठमाण्डु लैजाँदा बाटोमै मृत्यु भएको हो। चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
