नेपालकै पहिलो सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला’को उद्घाटन, परीक्षण अवधिमा आकस्मिक सवारी मात्रै चल्ने
‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ । सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदुत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन् ।
