गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल
चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट र दुर्व्यवहार भएको दाबी गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सार्वजनिक भिडियोमा केही व्यक्तिले उनलाई घेरेर दुर्व्यवहार गरिरहेको देखिन्छ। भिडियोमा एक व्यक्तिले ‘अरूको पैसा कहिले तिर्छस्?’ भन्दै प्रश्न गरेको आवाजसमेत सुनिन्छ।
