SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

नबिल बैंकका ग्राहकले ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट पाउने

नबिल बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा सहुलियत दिने उद्देश्यले काठमाडौंको पुतलीसडकस्थित ओरल एन्ड डेन्टल क्लिनिक प्रालिसँग विशेष साझेदारी गरेको छ । सम्झौताअनुसार नबिल बैंकका ग्राहकले उक्त क्लिनिकबाट दन्त उपचारसम्बन्धी विभिन्न सेवामा विशेष छुट तथा निःशुल्क सुविधा प्राप्त गर्नेछन् ।