नागढुंगा सुरुङ मार्ग आज उद्घाटन, मन्त्री लम्सालले भने : हराएको शिलालेख पुनर्स्थापना गर्छौं
काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहिले संयुक्त रूपमा आज उद्घाटन गरेका हुन्। २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। यद्यपी शिल्यान्याश गर्नेक्रममा ओलीको नाम लेखिएको शिलालेख हटाइएको भन्दै आलोचना भएको छ।
