कप्तानगन्जमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन,अवस्था तनावग्रस्त
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछिको उत्पन्न असहज परिस्थितिलाई रोक्न लगाइएको कर्फ्यु आदेश सोमबार बिहानबाट उल्लंघन भएको छ । कर्फ्यु उल्लंघन गर्दै बिहान १० बजेबाट स्थानीयले प्रर्दशन गरिरहेका हुन् । कर्फ्यु आदेशलाई चुनौती दिँदै टायर बालेर प्रदर्शन हुन थालेपछि कप्तानगन्ज चोकको अवस्था असामान्य एवं तनावग्रस्त बनेको छ ।
