बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी सडकखण्ड पूर्णरुपमा अवरुद्ध
रसुवा : वर्षातका कारण बेत्रावती -मैलुङ्ग-स्याफ्रुवेसी अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । नियमित परेको अविरल वर्षा र चीन तर्फबाट बहने भोटेकोसी र लेन्देखोलामा आएको बाढीले सडक कटान गरेपछि मैलुङ-स्याफ्रुबेसी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।
