SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

साउनको दोस्रो सोमबार : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौं : आज साउन महिनाको दोस्रो सोमबार। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।