SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

वाम गठबन्धनलाई बागमतीमा पुगेन २ सिट, साना दलसँग छलफल

 हेटौंडा : एमाले र नेकपा मिल्दा पनि बागमती प्रदेश सरकार बनाउन २ सिट अपुग देखिन्छ। दुई दलले सातवटै प्रदेश सरकारमा सहकार्य गर्ने भन्दै बागमतीको नेतृत्व एमालेले लिने सहमति शनिबार गरेका थिए। तर, बागमतीमा दुई दलको मात्रै सरकार बन्ने स्थिति छैन।त्यसैकारण बागमतीमा नयाँ सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले साना दलसँग छलफल सुरु गरेका छन्। यसअघि नेपाली कांग्र्रेस र नेकपा एमालेको सत्ता गठबन्धन थियो।