ज्योति विकास बैंकको १८औं वार्षिकोत्सव समारोह सम्पन्न
ज्योति विकास बैंकले स्थापनाको १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँचसहितको बृहत वित्तीय सेवा तथा वित्तीय सूचना प्रवाहमार्फत समस्त नागरिकको जीवनमा सार्थक र दिगो समृद्धि ल्याउने मूल उद्देश्यका साथ २०६५ साउन ९ गते स्थापना भएको यस विकास बैंकले गौरवमय १८ वर्षको यात्रा पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ।बैंकको केन्द्रीय कार्यालयको परिसरमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए।
