सेयर बजारमा उच्च अंकको गिरावट,६ अर्ब ८ करोडको कारोबार
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा अडिएको छ।यसदिन ३६० वटा स्क्रिप्सको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार ३५४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३६ वटा स्टक्सको मूल्य बढ्दा २३४ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य स्थिर रह्यो।यसदिन एभरेष्ट कलर लिमिटेडको सेयर १४.९९ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको १३.३८ प्रतिशतले घट्यो।
