ठोरीकी चेली लक्ष्मीलाई न्याय दे भन्दै वीरगन्जमा प्रदर्शन
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका –१ सिद्धपुरमा गत शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै छानबिनको माग गर्दै सोमबार वीरगन्जमा प्रदर्शन गरिएको छ।पर्साकै ठोरी–३ रामनगरमा माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी गत शुक्रबार बिहान आफ्नै घर छेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। तर, उनको मृत्यु आत्महत्याका कारण नभई हत्या गरेर शव गोठमा झुण्ड्याइएको माइती पक्षको आरोप छ।
