SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर र अमेरिकी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजीव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। भिसा नै कीर्ते गरेको आरोपमा आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।