किन बनेन बर्दिबास मेडिकल कलेज? शिक्षा मन्त्रीले खोले पुराना दलको पोल
बर्दिबास : डेढ दशकअघि ठूलो आशाका साथ घोषणा गरिएको बर्दिबास मेडिकल कलेज स्पष्ट योजना, कार्यान्वयन मोडेल र संस्थागत संरचनाको अभावमा लामो समयदेखि अलपत्र परेको सरकारले पहिलो पटक खुलेर स्वीकार गरेको छ। शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले विगतमा प्रभावकारी योजना नबनेकै कारण आयोजना अघि बढ्न नसकेको स्वीकार्दै अब व्यवस्थित ढंगले परियोजना कार्यान्वयन गरिने बताएका छन्।
