रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। रास्वपाले साउन १३ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार पार्टी कार्यालय वनस्थलीमा विहान ११ बजेदेखि बैठक बस्नेछ। बैठकमा मुख्यतः चार एजेण्डामा छलफल हुने महासचिव विपिन आचार्यले जानकारी दिए।
