दार्चुलामा विद्यालय भवनको शिलान्यास
काठमाडौं : दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ। आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे। भारत सरकारको आर्थिक सहयोग करिब ७.५ करोड रुपैयाँ लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।
