SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

जान र लोरेनको शतकीय साझेदारीसहित नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं : आईसीसी विश्वकप लिग २ को जारी श्रृंखलाको तेस्रो खेलमा नामिबियाले नेपाललाई २१२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। नेदरल्यान्ड्सको उट्रेचमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको हो। नामिबियाका लागि जान फ्राइलिंक र लोरेन स्टिनकाम्पको १३१ रनको शतकीय साझेदारी निकै महत्त्वपूर्ण रह्यो। व्यक्तिगततर्फ जान फ्राइलिंकले सर्वाधिक १०० रनको शतकीय पारी खेले। उनले १४९ बलमा ३ चौका प्रहार गरे।