SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

करण केसीको एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा

काठमाडौं : नेपालका तीव्र गतिका बलर करण केसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन्। उनले जारी श्रृंखलाको तेस्रो खेलमा नामिबियाविरुद्ध २ विकेट लिँदै एकदिवसीय अन्तर्राष्ट्रियको १०० विकेट पूरा गरेका हुन्। उनले ७२ औं एकदिवसीय अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका हुन्। करणले जारी खेलमा ओपनर ब्याटर मलान कुर्गेर, लोरेन स्टिनकाम्प र कप्तान गेरहार्ड इरास्मसको विकेट लिएका हुन्। आजको खेलमा दोस्रो विकेट निकै महत्वपूर्ण बन्यो।