SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानव अधिकार आयोगको अपील

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सद्‍भाव कायम राख्न अपील गरेको छ। आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएपछि उत्पन्न भएको घटनामा सामाजिक सद्‍भाव कायम राख्न अपिल गरेको हो। घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी, रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको भन्दै आयोगले सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन अनुरोध गरेको छ।