नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम भव्य रूपले सम्पन्न
नेशनल लाइफ इन्स्योरेन्सले २०८३ वैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको सो कार्यक्रममा विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो।
