SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

झन् अशान्त बन्दै सुनसरी : कर्फ्युबीच हिंसा फैलिँदै, रोकिएन आगजनी र आक्रमण

विराटनगर : सुनसरीमा जारी तनाव नियन्त्रणभन्दा बाहिर जान थालेपछि जिल्लाको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको छ। कर्फ्यु आदेश लागू रहेकै समयमा विभिन्न स्थानमा आक्रमण, प्रत्याक्रमण, आगजनी, तोडफोड, कुटपिट र प्रदर्शनका घटना निरन्तर भइरहँदा सर्वसाधारण त्रासमा बाँच्न बाध्य भएका छन्। देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।