नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। नेपालले यसअघि जारी श्रृंखलाको पहिलो र दोस्रो खेलमा लगातार हार बेहोरेको थियो।नेपालले पहिलो खेलमा नामिबियासँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग आजको नेपालको प्लेइङ ११ मा १ परिवर्तन भएको छ। ललित राजवंशीको स्थानमा भीम सार्कीले टिममा स्थान बनाएका छन्।
