अकलामाई मन्दिर नजिकै दुई महिला मृत फेला
नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैंडाकोट नगरपालिका-१० अकलामाई मन्दिर नजिक दुई महिला मृत फेला परेका छन्। मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका-९ घर भई हाल गैंडाकोट नगरपालिका-१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैंडाकोट नगरपालिका-१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेका छन्।
