SHARE
अन्नपूर्ण · सोमबार ११ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

काठमाडौं : काभा पुरुष भलिबल लिगको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा भएको खेलमा नेपालले उज्वेकिस्तानसँग २६–२४, २५–२० र २५–२२ ले हार बेहोरेको हो। अन्तिम खेलमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल लिग चरणमा जितविहीन रहेको हो। पहिलो सेटमा २४ बराबरीसम्म प्रतिस्पर्धात्मक खेलेको नेपालले पहिलो सेट २६–२४ ले हार्‍यो।दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–२२ ले हारेको हो।