कप्तानगन्जको अवस्था नियन्त्रण बाहिर,स्थानीयका पसलमा तोडफोड
विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको भए पनि परिस्थिति निक्कै असामान्य र जटिल बनेको हो । आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यु सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो । कर्फ्यु आदेशको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरु गरेपछि कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर पुगेको छ ।
