SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

एजेन्सी । अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् । प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन ।