‘जाक्दिन्छु अनि थाहा हुन्छ’ भन्दै सांसद खनालको धम्की, भिडिओ सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले आफ्नै मतदातालाई धाकधम्की दिएको भिडिओ सार्वजनिक भएको छ । कैलालीको लम्कीचुहा अस्पतालको विषयमा आयोजित छलफलका क्रममा सांसद खनालले प्रश्न उठाउने व्यक्तिलाई आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको हो । भिडिओ सार्वजनिक भएपछि सांसद खनालको चौतर्फी आलोचना भइरहेको छ ।
