माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सह–संयोजक माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेर प्रचण्डले उनीसँग छलफल गरेका हुन् । दुई नेताबीच केहीबेर कुराकानी भएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए ।
