एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज
मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेको दिन १४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् । केडिया ग्रुपको आयोजनामा पहिलोपल्ट नेपालमा हुन लागेको पुरुषतर्फ फ्रेन्चाइज भलिबल लिगको अक्सनमा क्याटगोरी ‘ए’ का १४ खेलाडी सर्वाधिक मूल्य (एक लाख २० हजार) मा बिक्री भएका हुन् ।
