SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

नारायणी अस्पतालका घाइते चिकित्सकको अवस्था बुझ्न ट्रमा सेन्टर पुगिन् स्वास्थ्य मन्त्री मेहता

नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।