बचत फिर्ता नपाएपछि सहकारी पीडितहरु सडकमा, भन्छन्- ‘जीवनभरको कमाइ डुब्यो, घर न घाटको बनाए’
लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पसिना बगाएर वर्षौंसम्म सेवा गरेर जम्मा गरेको रकम सहकारी सञ्चालकहरूले अपचलन गरी फरार भएपछि बचतकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
