त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे संसदीय समितिमा छलफल
काठमाडौं । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ । सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेकी छन् । बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।
