SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

आध्यात्मिक पर्यटन प्रवर्धन गर्न योजनासहित प्रचारप्रसार गर्नुपर्नेमा जोड

लुम्बिनी । लुम्बिनी क्षेत्रमा आध्यात्मिक पर्यटन प्रवर्धन गर्नका लागि विशेष योजना (प्याकेज) बनाएर प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउँदै रोजगारीका अवसर सृजना गर्न पर्यटन प्रवर्धन गर्नुपर्ने भएकाले विशेष योजनासहित प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइएको हो ।