अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्न दिँदैनौँः इरान
एजेन्सी । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले तेहरानले संयुक्त राज्य अमेरिकालाई युद्धको अन्त्य र समय निर्धारण गर्ने अनुमति नदिने स्पष्ट पारेका छन् । इरानको अर्धसरकारी समाचार एजेन्सी मेहरकाअनुसार प्रवक्ता बाघेईले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् ।
