इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । वार्ताका लागि अर्को अवसर प्रदान गर्न हाललाई सैन्य आक्रमणको निर्णय स्थगन गरिएको भए पनि संवादबाट निष्कर्ष ननिस्किए पुनः आक्रमण सुरु गर्ने उनले बताएका हुन् ।
