पाटनमा भारतको सहयोगमा पुनःस्थापित गुस्तल र प्रथमश्री महाविहार उद्घाटन
काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाटनको गुइत टोलस्थित पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल गुस्तल महाविहार तथा प्रथमश्री महाविहारको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन्। भारत सरकारको आर्थिक सहयोगमा पुनःस्थापित महाविहारको उद्घाटनसँगै परम्परागत धार्मिक तथा सांस्कृतिक विधिअनुसार आगम समारोह पनि सम्पन्न गरिएको हो।भारत सरकारको करिब १२ करोड रुपैयाँ अनुदान सहयोगमा महाविहारको पुनर्निर्माण गरिएको हो।
