कप्तानगञ्ज घटनाको छानबिन गर्न सरकारी टोली घटनास्थलमा
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको सरकारी टोली मंगलबार घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले घटनास्थलको निरीक्षण गर्नुका साथै प्रभावित पक्षसँग भेटघाट गरेर घटनाबारे विस्तृत जानकारी संकलन गरेको छ।
