सुनसरीका १० पालिकामा अनिश्चितकालीन कर्फ्यु, अवस्था थप जटिल
सुनसरी : सुनसरीमा हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न तनाव थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका १० वटा स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार साउन १२ गते बेलुका ८ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु लागू गरिएको हो। आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको प्रशासनले जनाएको छ।
