SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : अवस्था तनावग्रस्त

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ।  प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ।दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबार लगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ।