नेपाल र जापानबिच अनुदान सम्झौता
काठमाडौं । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रेसिडेन्ट डाक्टर तानका अकिहिले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा अकिहिले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समयदेखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेको स्मरण गराए ।
