कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका-१ गैडहवा चोकमा बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो ।
